कोरियाको वन क्षेत्रमा जानका लागि ५७७ ले गरे रोस्टर परिवर्तन

2 September, 2024

काठमाडौं : यसअघि कृषि क्षेत्रमा कोरियन भाषा उत्तीर्ण भएका ५७७ जनाले वन क्षेत्रमा जानका लागि रोस्टर परिवर्तन गरेका छन्। ईपीएस कोरिया शाखाले शुक्रबार सूचना जारी गर्दै रोस्टर परिवर्तनका लागि आवेदन दिएका सबैको परिवर्तन भएको हो।

शाखाले फरेस्ट्री सेक्टरमा रोस्टर परिवर्तन भएका आवेदकहरूको अन्तिम नामावली प्रकाशन गरेको छ।

यस शाखाले फरेस्ट्री सेक्टरमा रोस्टर परिवर्तन गर्न चाहनेहरूका लागि प्रकाशित गरिएको सूचना अनुसार ‘सेक्टर चेन्ज’ गर्नका लागि आवेदन दिएका ५७७ जना आवेदकको सूची एचआरडी सर्भिस अफ कोरियाले बिहीबार फरेस्ट्री सेक्टरमा निवेदन पेश गर्ने ५७७ जनाको नै सेक्टर परिवर्तन भएको पत्र पठाएको हो।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024