कोरियन भाषा परीक्षामा दोहोरो भुक्तानी गरेका आवेदकहरूले रकम कसरी फिर्ता लिने ?

1 September, 2025

कोरियन भाषा परीक्षामा दोहोरो भुक्तानी गरेका आवेदकहरूले प्रमाणित कागजातसहित ईपीएस कोरियन शाखामा निवेदन दिनुपर्ने भएको छ। रकम फिर्ताका लागि ७ दिनभित्र आवेदन दिनुपर्ने भएको हो।

शाखाले आज सूचना प्रकाशित गरेर रकम फिर्ता हुन बाँकी रहेका आवेदकलाई निर्धारित समयभित्र आवेदन दिन आग्रह गरेको हो। दोहोरो भुक्तानी भएका व्यक्तिहरूको डबल तिरेको रकम सम्बन्धित वालेट खाता तथा बैंक खातामा फिर्ता पठाई सकिएको शाखाले जनाएको छ।

यसैगरी शाखाले सन् २०२५ को कोरियन भाषा परीक्षाका लागि साउन २६ गतेदेखि ३१ गते फाराम भर्ने क्रममा भएका त्रुटि सच्याउने काम सकिएको जनाएको छ।

अनलाइन आवेदन दर्ता गरेका आवेदकहरूको प्राविधिक कारणले प्रवेश पत्रमा नाम/थर अपुरो आएकोमा सो सबै विवरण सच्याएको व्यहोरा सूचनामा उल्लेख छ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024