के भन्छन् अष्ट्रेलियामा अध्ययनरत नेपाली विद्यार्थी? (भिडिओ)

14 April, 2020

 

हेमन्त काफ्ले 

अष्ट्रेलियामा यतिबेला सरकारी तथ्याङ्कअनुरुप करिब ६३ हजार नेपाली विद्यार्थी उच्च अध्ययनका क्रममा छन्। 

यहाँ करिब सात हजार अष्ट्रेलियन कोरोना संक्रमणमा परेको र ६३ जनाले ज्यान गुमाएको अवस्था छ। कोरोना नियन्त्रणका लागि गरिएको आंशिक लक डाउनका कारण थुप्रै उद्योग धन्दा बन्द रहँदा यसको प्रत्यक्ष मार यहाँका विद्यार्थीमा परेको छ। 

महँगो शिक्षा र बसोबास अनि कोरोनाको महामारीका बीच नेपाली विद्यार्थीलाई समस्याले पिरोलेको खबर बाहिर आएका छन्। 

त्यसमाथि अष्ट्रेलियाली प्रधानमन्त्री स्कट मोरिसनले अन्तर्राष्ट्रिय विद्यार्थी आफ्नै देश फर्कन सक्छन् भन्ने अभिव्यक्तिले हाम्रो समाज र अभिभावकमा समेत नकारात्मक सन्देश परेको छ। 

 

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024