केआईआईटीको होस्टेलमा फर्किए २७ जना नेपाली विद्यार्थी, अन्य अझै बाहिर

19 February, 2025

ओडिसाको कलिगां इन्सिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत २७ जना नेपाली विद्यार्थी होस्टेल फर्किएका छन्।

मंगलबार २७ जना विद्यार्थी कलेजको होस्टेल फर्किएको र नेपाली राजदूतावास नयाँ दिल्लीबाट गएको दुई जना प्रहरी टोलीसँग भेटेको त्यहाँ अध्ययनरत एक विद्यार्थीले जानकारी दिए।

उनले भने, ‘हामी २७ जना विद्यार्थी विश्वविद्यालयको होस्टेलमा फर्किएका छौँ। नेपाल सरकारबाट आउनुभएको दुई जनासँग पनि भेटघाट भएको छ। अन्य विद्यार्थीहरू अझै बाहिर नै हुनुहुन्छ। २ सय भन्दा बढी विद्यार्थीहरू नेपाल जाँदै हुनुहुन्छ भने जानकारी आएको छ।’

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024