कुवेती जेलमा नेपाली महिलाद्वारा आत्महत्या

7 May, 2013

कुवेतको एउटा जेलमा रहेको बन्दीगृहमा एक ३५ वर्षीया नेपाली महिलाले आत्महत्या गरेकी छिन्। सुलाइबियास्थित केन्द्रीय कारागारमा रहेको बन्दीगृहस्थित आफ्नै सेलमा उनले आत्महत्या गरेको अरब टाइम्सले जनाएको छ।

 महिलाको परिचय र आत्महत्या गर्नुको कारण खुल्न सकेको छैन।

अरब टाइम्सले उनलाई कुन अभियोगमा जेलमा राखिएको थियो भन्ने बारे पनि केही बताएको छैन। आत्महत्याको यकिन कारण बारे थाहा पाउन अनुसन्धान जारी रहेको जनाइएको छ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2026