कुवेतमा कोरोना भाइरसबाट एक नेपाली संक्रमित

2 April, 2020

कान्तिपुर संवाददाता 

काठमाडौँ — कुवेतमा एक नेपाली कामदार कोरोना भाइरसबाट संक्रमित भएका छन् । 

कुवेतस्थित नेपाली दूतावासका अनुसार बुधबार २८ जना संक्रमित पहिचान भएको बेला एकजना नेपाली कामदारमा पनि देखिएको हो। उनको अवस्था स्थिर छ। 

कुवेतमा काेराेना संक्रमितको संख्या ३ सय १७ पुगेको छ। दूतावासले कोरोना भाइरसबाट बच्नको लागि उच्च सर्तकता अपनाउनको लागि नेपाली समुदायलाई आग्रह गरेको छ। 

कुवेतमा झन्डै ७० हजार नेपाली कार्यरत छन्।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2026