कुक आइसल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

26 January, 2026

वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी कुक आइसल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा रामेछापको खाँडादेवी गाउँपालिका-१ घर भई कागेश्वरी मनोहरा नगरपालिका-९ बस्ने ३१ वर्षीय रोज बहादुर श्रेष्ठ रहेका छन्।

रोज बहादुरले कुक आइसल्याण्ड पठाइदिन्छु भन्दै एकजना पीडितबाट १२ लाख ४० हजार रुपैयाँ लिई सम्पर्कविहीन भएको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई कागेश्वरी मनोहरा नगरपालिका-७ बाट बिहीबार पक्राउ गरेको हो।

उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको छ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024