कामदारलाई रकम नदिएको एमनेस्टीको आरोप

28 September, 2018

एमनेस्टी इन्टरनेसनलले बुधबार कतार विश्वकपका लागि निर्माणाधीन रंगशालाका दर्जनाैं विदेशी कामदारले रकम नपाएको आरोप लगाएको छ।

‘रंगशाला निर्माणको जिम्मेवारी पाएको ठेकेदार कम्पनी मर्कुरी मिनाले विदेशी कामदारलाई अझै हजाराैं रकम तिर्न बाँकी छ । कम्पनीले तलब र अन्य सुविधा नदिँदा कामदारहरू मर्कामा  छन्,’ एमनेस्टीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

तर फिफाले भने एमनेस्टीको आरोप निराधार भएको र विदेशी कमदारले ज्याला नपाएको कुरा सत्य भए पनि त्यो विश्वकपका लागि निर्माणाधीन रंगशालाका कामदारको नभई अन्य आयोजनका कर्मचारीको भएको बताएको छ।

‘हामीसँग कतारमा कामदारमाथि अन्याय भयो भन्ने एमनेस्टीले सार्वजनिक गरेको प्रतिवेदन पत्याउने कुने आधार छैन,’ फिफाका प्रवक्ताले भने, ‘एमनेस्टीले गलत प्रतिवेदन सार्वजनिक गर्दै प्रतियोगिता र त्यसका आयोजकलाई बदनाम गराउने प्रयास गरेकोमा हामी खेद प्रकट गर्दछौं।’

एमनेस्टीले नेपाल, भारत र फिलिपिन्सका करिब ७८ कामदारले २०१६ फेबु्रअरीबाट कुनै तलव सुविधा नपाएको बताएको छ । यता कतारको श्रम मन्त्रालयले भने मर्कुरी मिनालाई कुनै पनि रंगशाला निर्माणको जिम्मेवारी नदिएको भन्दै यस आरोपमा थप अनुसन्धान गर्ने बताएको छ।

‘एमनेस्टीले लगाएको आरोप निराधार छ,’ श्रम मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हामीमाथि लगाइएको आरोपमाथि अनुसन्धान गर्नेछौं।’

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024