काभ्रेमा विदेशबाट आएका थप तीनजनामा कोरोना पुष्टि

2 July, 2020

रोजन तामाङ

 

काभ्रे : विभिन्न देशबाट काभ्रे आएका थप तीन जनामा कोरोना संक्रमण देखिएको छ। बिहीबार पाँचखाल नगरपालिकाका दुईजना र बनेपा नगरपालिकामा एकजना गरी तीन जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा.नरेन्द्र झाले जानकारी दिए। तीनजनामध्ये दुई पुरुष र एक महिला रहेको जिल्ला स्वास्थ्य कार्यलयले जनाएको छ।

पाँचखाल नगरपालिकामा वडा नं ९ का दिल्लीबाट आएका युवा र वडा नं ६ का साउदी आरबबाट आएका युवामा कोरोना संक्रमण भएको पुष्टि भएको हो। असार २ गते नेपाल आइपुगेका पाँचखालका दुई जना युवा समाजकल्यान प्रविमा रहेको क्वारेन्टाइनमा बसिरहेका पाँचखाल उद्योग वाणिज्य संघका अध्यक्ष राजन कार्कीले बताए। असार २ गतेदेखि नै क्वारेन्टाइनमा विदेशबाट आएर बसिरहेको युवामा कोरोना देखिएपछि मेयर महेश खरेल लगायत नगरपालिकाको स्वास्थ्य टिम पुगेर उनीहरुको स्वास्थ्य अवस्थाबारे बिहीबार जानकारी लिएको कार्कीले जानकारी दिए। विभिन्न देशबाट पाँचखाल क्वारेन्टाइनमा आएका २४ जनाको पीसीआर चेक गरिएको र अन्यलाई संक्रमण नदेखिएको उद्योग वाणिज्य संघका अध्यक्ष कार्कीले जानकारी दिए।

जिल्लाको बनेपा नगरपालिका वडा न १० का विदेशबाट नेपाल आएका २४ वर्षीय युवतीमा पनि बिहीबार कोरोना सङक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ। उनी कुबेतबाट जेठ २९ गते नेपाल फर्किएकी थिइन्। उनी नेपाल आएसँगै बनेपामा रहेको रेडक्रस तालिम केन्द्रमा रहेको क्वारेन्टाइनमा बसिरहेकी थिइन्। संक्रमित महिलालाई आइसोलेशनमा राख्नको लागि काठमडौं शुक्रराज ट्रपिकल अस्पताल पठाइएको जिल्ला स्वास्थ्य कार्यलयले जनाएको छ।

संक्रमित सबैको नेपाल फर्केसँगै धुलिखेल अस्पतालमा पीसीआर चेक गर्ने क्रममा बिहीबार कोरोना संक्रमण पुष्टि भएको थियो। काभ्रे जिल्लामा कोरोना संक्रमितको संख्या ९ पुगेको छ। संक्रमितमध्ये ६ जनाको उपचारपछि घर फर्कि सकेका छन्।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024