काबुलमा नेपाली सवार बसमा आत्मघाती बम बिस्फोट, १२ नेपालीसहित १४ को मृत्यु

21 June, 2016

घाइतेको अवस्था सामान्य  ‘हमलामा परेका गार्डहरु क्यानेडियन दूतावासको सुरक्षामा तैनाथ हुन्थे’

 

कमलदेव भट्टराई

 

अफगानिस्तानको राजधानी काबुलमा सोमबार बिहान तालिबानी आतंकवादीले गरेको आत्मघाती बम बिस्फोटमा परि १२ जना नेपाली र २ जना भारतीय मुलका नेपालीको मृत्यु भएको हो । अफगानी गृहमन्त्रालयले प्रेस विज्ञप्ती अनुसार बिस्फोटमा परी अन्य ५ नेपाली र ४ अफगानी घाइते भएका छन् ।

 

तालिबान आतंकवादीले नेपाली सुरक्षा गार्ड सवार रहेको मिनिबसमा बिहान ५:४० बजे आत्मघाती हमला गरेका थिए । बिस्फोटमा परी १४ जनाको मृत्यु भएको हो भने ९ जना घाइते भएका छन् ।

 

काबुलका प्रहरी प्रमुख अब्दुल रहमानका अनुसार नीजि सुरक्षा गार्डको आवस नजिकै घात लगाएर बसेका आत‌ंकवादीले गार्ड चढेको गाडी आवासको गेटबाट बाहिरिए लगत्तै बिस्फोटन गराएका हुन् । बिस्फोटमा परी उक्त बजारमा रहेका अन्य सर्वसाधारण पनि घाइते भएको उनले जानकारी दिए ।

 

पाकिस्तानस्थित नेपाली दूतावासले घट्ना सम्बन्धी विस्तृत जानकारी लिने काम भइरहेको बताएको छ । दूतावासले केही समयपछि विस्तृत जानकारी आउने दाबी गरेको छ । 

 

दूतावासका एक अधिकारीका अनुसार मृतक तथा घाइते त्यहाँको एक निजी सुरक्षा कम्पनीमा काम गर्दथे, जसले क्यानेडियन दुतावासलाई सुरक्षा प्रदान गर्दथ्यो । घाइते ९ जनाको भने अवस्था सामान्य रहेको जानकारी समेत ती अधिकारीले दिए ।

तालिबानका प्रवक्ता जबिउल्ला मुजाहिदले ट्वीट गर्दै उक्त हमलाको जिम्मेवारी लिएका छन् ।

 

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2026