कलिङ्ग भिसा पाएका श्रमिक मलेसिया उड्छन् : मन्त्री विष्ट

31 March, 2019

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले मलेसिया जान कलिङ्ग भिसा आएका श्रमिकलाई श्रम स्वीकृति दिने प्रक्रिया शुरु भएको बताएका छन्। करिब सात हजार श्रमिक कलिङ्ग भिसा आए पनि विगत १० महिनादेखि मलेसिया जान पाएका थिएनन्। वैदेशिक रोजगार विभागले अब ती श्रमिकलाई मलेसिया जान अनुमति दिनेछ।

‘मलेसिया सरकारले स्वास्थ्य परीक्षणको नयाँ मापदण्ड पठाएको सन्दर्भमा कलिङ्ग भिसा आएकालाई आर्थिक व्यायभार नपर्ने र श्रम सम्झौताको मर्म र भावना अनुुरुप वैदेशिक रोजगार व्यावसायी तयार भएपछि श्रम स्वीकृतिको प्रक्रिया सुरु भएको छ’, मन्त्री विष्टले नागरिक न्यूजसंग संक्षिप्त कुरा गर्दै भने, ‘अब छिट्टै नै स्वास्थ्य परीक्षणको मापदण्ड आइसकेकाले त्यसअनुरुप मलेसिया श्रमिक पठाउने नयाँ प्रक्रिया पनि सुरु गरिने छ।’   सोमवारदेखि वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारी व्यवसायी संघलाई सात हजार श्रमिक श्रम स्वीकृति प्रक्रिया बढाउन अनुमति दिएको हो। व्यावसायीसंगको बैठकमा आर्थिक व्यायभार श्रमिकलाई नपर्ने र श्रम सम्झौता अनुरुप प्रक्रिया बढाइने कुरामा सहमति भएको छ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024