कतारमा रहेका नेपालीले जिते ८२ करोड ७० लाख रुपैयाँ बराबरको चिठ्ठा

6 February, 2023

कतारको दोहामा काम गर्दै आएका रञ्जित कुमार पालले युएईमा ८२ करोड ७० लाख रुपैयाँ बराबरको चिठ्ठा जितेका छन्। पालले शुक्रबार अबुधाबीमा आयोजित बिग टिकट र्‍याफल ड्रको सिरिज २४८ मा उक्त चिठ्ठा जितेको खलिजा टाइम्सले जनाएको छ।

खलिजा टाइम्सका अनुसार पालले जनवरी १६ मा खरिद गरेको टिकट नम्बर २३२९३६ ले चिठ्ठा जितेका छन्। उनी विगत सात वर्षदेखि कतारको राजधानीमा मनी एक्सचेन्ज कम्पनीमा काम गर्दै आएका छन्।

बिग टिकट र्‍याफल ड्रका प्रतिनिधिहरूबाट चिठ्ठा जितेको खबर सुनेर उत्साहित भएका पालले भनेका छन्, ‘म खुशी छु। म यो पैसा नेपाल फर्केर मेरो परिवारमा खर्च गर्ने आशा गर्छु।’ ड्रको क्रममा अन्य नगद र ड्रिम कार पुरस्कार भारतीय नागरिकले जितेका थिए।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024