कतारमा कामदारको उजुरी सुनुवाइ शुरु

27 March, 2018

कतारमा कामदारको उजुरीको सुनुवाई गर्ने संयन्त्रले काम थालेको छ । कतारको प्रशासनिक विकास, श्रम तथा सामाजिक मामिला मन्त्रालय अन्तर्गत गठन गरिएको ‘श्रम विवाद समाधान’ समितिले अघिल्लो हप्तादेखि काम थालेको हो । समितिले सम्पर्क नम्बर सार्वजनिक गर्दै चार स्थानबाट उजुरी सुन्न  कार्यालय स्थापना गरेको छ ।

 

समस्यामा परेका कामदारले अब दफ्नास्थित अलहुदा टावरको पहिलो तल्लामा रहेको श्रम उजुरी विभागमा उजुरी दिन सक्नेछन् । यसैगरी अत्यधिक मजदुर रहेको सनैया औद्योगिक क्षेत्रमा रहेको मन्त्रालयको कार्यालय, अलखोरमा रहेको मन्त्रालयको कार्यालय तथा निजी क्षेत्रमा काम गर्ने कतारी नागरिकको लागि दफ्नास्थित अल फैसल टावर को २९ औं तल्लामा रहेको मन्त्रालयको कार्यालयमा उजुरी दिन सक्नेछन् ।

 

कतार न्यूज एजेन्सीले कामदारको उजुरी छिटो भन्दा छिटो हल गर्नु लक्ष्य रहेको बताएको छ । समितिले तलव नपाएका कामदारका लागि समितिले निर्णय गरे अनुरुप रकम उपलबध गराउन श्रमिक सहायता कोष स्थापना गर्न लागेको र सो वापतको रकम सरकारले सम्बन्धित कम्पनीबाट असुल उपर गर्ने जनाइएको छ ।

 

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024