ओमनमा रहेका नेपालीहरूका लागि नेप्लिज इन ओमन

8 October, 2018

ओमनमा कार्यरत नेपालीलाई सहजरुपमा सूचना एवं जानकारी दिने उद्देश्यका साथ ‘नेप्लिज इन ओमन’ नामक मोबाइल एप्स सञ्चालनमा ल्याइएको छ ।

नेपाली दूतावास ओमनका अनुसार मोबाइल एप्समा नेपाली राजदूतावासको गतिविधि, ओमनका प्रमुख गन्तव्य त्यहाँको सरकारी निकाय, श्रम कानूनलगायतका विषयमा जानकारी पाउन सकिनेछ ।

राजदूतावासले प्रदान गर्ने सेवालाई सरल एवं सहज बनाउन, कन्सुलर सेवालाई भविष्यमा अनलाइन प्रणालीबाट प्रदान गरी दूतावासका सेवा कागजविहीन बनाउने तथा नेपालका प्रमुख पर्यटकीय गन्तव्यसमेत सामेल गरी ओमानी नागरिकलाई नेपाल भ्रमणमा ल्याउने लक्ष्यका साथ मोबाइल एप्स सञ्चालनमा ल्याइएको हो ।

नेपालको पर्यटन प्रवद्र्धन गर्दै नेपाल–ओमानबीचको कूटनीतिक सम्बन्ध प्रगाढ बनाउन सहयोग पु¥याउने लक्ष्य राखिएको दूतावासले जनाएको छ ।

यही असोज १९ गते आयोजना गरिएको कार्यक्रममा राजदूत शर्मिला पराजुली, गैरआवासीय नेपाली सङ्घका सचिव डिबी क्षेत्री र ओमनमा कार्यरत नेपालीको सहभागिता रहेको दूतावासले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024