एनआरएनएले ल्यायो २४ सै घन्टा हेल्पलाइन सेवा

12 April, 2020

लन्डन- गैरआवासीय नेपाली संघ (एनआरएनए) ले २४ सै घन्टा सञ्चालन हुने टेलिफोन हेल्पलाइन सञ्चालनमा ल्याएको छ। कोरोना भाइरस संक्रमणबाट विभिन्न मुलुकमा रहेका गैरआवासीय नेपालीहरुले सामना गरिरहेका समस्या सुनवाई गर्न सो सेवा सञ्चालनमा ल्याइएको एनआरएनए अध्यक्ष तथा कोभिड–१९ उच्चस्तरीय समितिका संयोजककुमार पन्तले जानकारी दिए। 

गैरआवासीय नेपाली संघको काठमाडौंस्थित सचिवालयबाट सो सेवा आज आइतबारदेखि सुरु हुने संघका महासचिव डा. हेमराज शर्माले बताए। कोरोना महामारीले विश्वमा भइरहेको लकडाउनका कारणले विदेशमा अलपत्र परेका, बैदेशिक रोजगारी रहेका नेपालीलगायतले आ–आफ्ना समस्या सो हटलाइनमा फोन गरेर टिपाउन सक्ने छन्। 

यसअघि एनआरएनएले विश्वभर छरिएका नेपाली समुदायले स्वास्थ्य सम्बन्धी समस्याको सुनुवाई गर्न डा. सञ्जीव सापकोटाका संयोजकत्वमा २४ सैं घन्टा स्वास्थ्य हेल्प लाइन सञ्चालनमा ल्याएको थियो।

 

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024