एक सय २० नेपालीलाई आममाफी

18 August, 2025

संयुक्त अरब इमिरेट्स (युएई) सरकारले विभिन्न कसुरमा जेलमा रहेका एक सय २० नेपालीलाई सजाय माफ गरेको छ । 

नेपाली राजदूतावास अबुधाबीका अनुसार ती नेपालीलाई युएई सरकारले बाँकी कैद सजाय माफ गरिदिएको छ । 

दूतावासका अनुसार इस्लाम धर्मावलम्बीको महान् पर्व अल अहादका अवसरमा युएई सरकारले उक्त निर्णय गरेको हो ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024