एक महिनामा विदेशबाट १७४ नेपाली कफिनमा फर्किए

25 August, 2025

वैदेशिक रोगजारीका लागि विभिन्न देशमा रहेका नेपालीहरूको मृत्यु कहालीलाग्दै बन्दै गएको छ । धन कमाउने र घर परिवारलाई सुखमा राख्ने सपना बोकेर जाने नेपालीहरू लाश बनेर बाकसमा आउने गरेका छन् । पछिल्लो एक महिनामा मात्रै १७४ जना नेपालीको शव विदेशबाट ल्याइएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको तथ्यांक अनुसार साउन महिनामा मात्रै १७४ जनाको शव नेपाल ल्याइएको हो ।

भन्सार कार्यालयको तथ्यांक अनुसार हरेक दिन सरदरमा ४ देखि ५ जनाको शव आउने गरेको छ । कुवेत, मलेसिया, साउदी अरेबिया, दक्षिण कोरिया, कतारलगायतका देशमा मृत्यु भएका नेपालीहरूको शव ल्याईएको हो ।

वैदेशिक रोजगार बोर्डको तथ्यांक अनुसार आर्थिक वर्ष २०८१/०८२ मा वैदेशिक रोजगारीमा रहेका एक हजार २५५ जनाको मृत्यु भएको थियो । यो संख्या श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएर मृत्यु भएपछि बोर्डबाट आर्थिक सहायता प्राप्त गरेकाहरूको तथ्यांक हो ।

प्रहरीले मुचुल्का उठाएर सम्बन्धित परिवारलाई बुझाएको तथ्यांक हेर्दा एक हजार ४०१ जनाको मृत्यु भएको थियो । अघिल्लो आर्थिक वर्ष २०८०/०८२ मा एक हजार ४५५ जनाको मृत्यु भएको थियो ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024