एक महिनामा भित्रियो एक खर्ब ७७ अर्ब रेमिटेन्स

16 September, 2025

चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिना (साउन) मा एक खर्ब ७७ अर्ब रूपैयाँ रेमिटेन्स भित्रिएको छ।

गत आर्थिक वर्ष २०८१/८२ यही महिना (साउन) मा भने एक खर्ब ३६ अर्ब रूपैयाँ रेमिटेन्स भित्रिएको थियो। यो अवधिमा रेमिटेन्स भित्रिने दर २९.९ प्रतिशतले बढेको हो।

पछिल्लो ३० महिनादेखि निरन्तर रूपमा मासिक एक खर्ब रूपैयाँभन्दा बढी रेमिटेन्स भित्रिरहेको छ।

यो महिना (साउन) मा १ अर्ब २५ करोड रूपैयाँ रेमिटेन्स बाहिरिएको छ। गत वर्षको यही अवधिमा ४३ करोड रूपैयाँ बाहिरिएको थियो।

पहिलो महिनामा वैदेशिक रोजगारीमा जानेको संख्यामा गत आर्थिक वर्षको यही अवधिको तुलनामा १४ प्रतिशतले बढेको छ।

गत आर्थिक वर्ष यो अवधिमा ५९ हजार ५ सय ७५ जनाले नयाँ र पुन: श्रम स्वीकृति लिएकोमा यस वर्ष ६८ हजार ५ सय ७५ ले यस्तो स्वीकृति लिएका छन्।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024