एकै वर्षमा भित्रियो १७ खर्ब २३ अर्ब रेमिटेन्स, अहिलेसम्मकै धेरै

25 August, 2025

आर्थिक वर्ष २०८१/८२ मा विप्रेषण आप्रवाह (रेमिटेन्स) १९.२ प्रतिशतले बढेको छ।

नेपाल राष्ट्र बैंकको प्रतिवेदन अनुसार अहिलेसम्मकै धेरै १७ खर्ब २३ अर्ब २७ करोड रेमिटेन्स भित्रिएको हो। अघिल्लो आर्थिक वर्ष रेमिटेन्स १६.५ प्रतिशतले बढेको थियो। उक्त वर्ष १२ खर्ब ६४ करोड रेमिटेन्स आएको थियो।

२०८२ असार महिनामा मात्रै एक खर्ब ८९ अर्ब ११ करोड रेमिटेन्स भित्रिएको छ। अघिल्लो वर्षको सोही महिनामा एक खर्ब १७ अर्ब ७८ करोड रेमिटेन्स भित्रिएको थियो।

समीक्षा वर्षमा अमेरिकी डलरमा रेमिटेन्स आप्रवाह १६.३ प्रतिशतले बढेर १२ अर्ब ६४ करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो आय १५ खर्ब ७१ अर्ब २४ करोड थियो।

राष्ट्र बैंकका अनुसार समीक्षा वर्षमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत नयाँ) लिने नेपालीको संख्या पाँच लाख पाँच हजार ९५७ जना छ।

पुनः श्रम स्वीकृति लिनेको संख्या तीन लाख ३३ हजार ३०९ जना छ।

अघिल्लो वर्षमा यस्तो संख्या नयाँ श्रम स्वीकृति लिने चार लाख ६० हजार १०२ जना र पुनः लिने दुई लाख ८१ हजार १९५ जना थियो।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024