उद्धार उडान: सरकारले घटायो भाडा, कहाँको कति भयो? (सूचीसहित)

12 June, 2020

नेपालीलाई स्वदेश फर्काउँदा चार्टर्ड उडानको अधिकतम भाडा सरकारले हेरफेर गरेको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बुधबार विदेशबाट उद्धार गर्न उडान तालिका तथा भाडा निर्धारण गरेको थियो।

तर सरकारले भाडा निर्धारण गरेपछि चौतर्फी आलोचना भइरहेको थियो। विदेशमा बेखर्ची भएका नागरिकलाई अत्यधिक भाडाको बोझ बोकाउन लागिएको भन्दै सर्वत्र आलोचना भएको थियो।

यही आलोचनाका बीच ओमनस्थित नेपाली दुतावासले सरकारले तोकेको भाडा खारेज गरिदिएर सस्तो भाडा निर्धारण गरेको थियो। नेपाली नियोगले नै भाडा खारेज गरिदिएपछि भाडा हेरफेरका लागि सरकारमाथि दबाब परेको थियो। 

आजै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भाडामा हेरफेर गरेको छ।

यसमा केही गन्तव्यको भाडा कायमै राखिएको छ। विशेषगरी वैदेशिक रोजगारीमा गएकाहरू बाहुल्य भएको गन्तव्यमा सरकारले भाडा घटाएको छ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2026