‘उद्धार’ उडानमा नेपाल एयरलाइन्सको टिकट काट्न कसलाई सम्पर्क गर्ने ? (सूचीसहित)

14 June, 2020

३२ जेठ, काठमाडौं । नेपाल एयरलाइन्सले विदेशमा गर्ने उद्धार उडानका लागि हरेक मुलुकमा सम्पर्क व्यक्ति तोकेको छ । यात्रुले ती सम्पर्क व्यक्तिसँग सम्पर्क गरी इ-टिकेटिङका माध्यमबाट टिकट काट्न सक्ने भएका छन् ।

साइप्रस, मलेसिया र खाडी मुलुकका लागि लागत खर्चभन्दा पनि कम मूल्य निर्धारण गरी टिकटको मूल्य कायम रहेको नेपाल एयरलाइन्सले टिकट खरिद गर्न चाहने यात्रुको सहजिकरणका लागि सम्पर्क व्यक्ति तोकेको हो । साथै कम्पनीले गन्तब्य अनुसारको नयाँ भाडादर समेत सार्वजनिक गरेको छ ।

नेपाल एयरलाइन्सले सामाजिक उत्तरदायित्व अन्तर्गत लागतभन्दा पनि कम मूल्य कायम गरी खाडी मुलुकमा टिकटको मूल्य राखेको जनाएको छ ।

‘नेपाल वायुसेवा निगमले विश्वका विभिन्न मुलुकमा रहेका नेपालीहरुलाई उद्धार उडान गर्दा सहुलियतपूर्ण भाडादरमा सेवा उपलब्ध गराउँदै आएको छ,’ नेपाल एयरलाइन्सद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यस्ता उडानमा यात्रु एकतर्फी मात्र हुने गर्दा निगमले लागत खर्चलाई मात्र आधार गरी उडान भाडादर निर्धारण गरेको हो ।’

कम्पनीका अनुसार यस्तो उडानमा अन्य कुनै संस्था वा निकायबाट आर्थिक सहयोग प्राप्त भएको छैन । सामाजिक उत्तरदायित्वलाई मनन गर्दै उद्धार उडानको भाडादर घटाउने निर्णय भएको हो ।

उडान गर्दा इन्धन, ओभरफ्लाइङ, ल्याण्डिङ, एयरक्राफ्ट ह्याण्डलिङ, मर्मत सम्भारलगायतमा खर्च लाग्छ । तर उद्धार उडानमा प्रत्यक्ष सञ्चालन खर्चमात्र उठ्ने कम्पनीको भनाइ छ ।

विदेश जान पनि पाइने

नेपालीको उद्धार हुने अवधिमा सम्बन्धित मुलुक र दूतावासले अनुमति दिएको अवस्थामा अब नेपाल एयरलाइन्सका जहाज चढेर सम्बन्धित मुलुक पनि जान पाइने भएको छ ।

उदाहरणका लागि जापान जान भिषा लागेको कुनै एक व्यक्तिले उद्धार उडानमा जापान जाने नेपाल एयरलाइन्सकै जहाज चढेर एक्लै पनि जापान जान सक्ने भएका छन् ।

 

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2026