उत्पादनमुलक क्षेत्र तर्फको दोस्रो चरणको कोरियन भाषा परीक्षामा ८ हजार बढी उत्तीर्ण

23 September, 2024

काठमाडौं : उत्पादनमुलक क्षेत्र तर्फको दोस्रो चरणको कोरियन भाषा परीक्षामा ८ हजार बढी उत्तीर्ण भएका छन्।

नेपालस्थित ईपीएस कोरिया शाखाले शुक्रबार प्रकाशित गरेको सूची अनुसार ८ हजार १५१ जना उत्तीर्ण भएका हुन्। भाषा परीक्षा उत्तीर्ण भएका ८ हजार ९३२ ले सिप परीक्षण गरेका दिएका थिए। जसमा ७८१ जना अनुत्तीर्ण भएका हुन्।

एचआरडी सर्भिस अफ कोरियाले गत भदौ १८ देखि २५ गतेसम्म सिप परीक्षण गराएको थियो। रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत कोरिया जानका लागि भाषा परीक्षा पास गरेपछि सिप परीक्षणमा पनि उत्तीर्ण हुनुपर्छ।

सिप परीक्षणमा पनि उत्तीर्ण भएकाहरूले स्वास्थ्य परीक्षण गर्नुका साथै तालिम समेत लिनुपर्छ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024