ईपीएस शाखामा धर्ना दिन पुगेका युवामाथि लाठीचार्ज

6 May, 2025

आर्यन धिमाल

२२ वैशाख, काठमाडौं । ललितपुरको ग्वार्कोस्थित वैदेशिक रोजगार विभाग अन्तर्गत ईपीएस कोरिया शाखामा धर्ना दिन पुगेका युवामाथि प्रहरीले लाठीचार्ज गरेको छ ।

कोरिया जान पाउनु पर्ने माग राखेर धर्ना दिन ग्वार्को पुगेका युवामाथि प्रहरीले लाठीचार्ज गरेको धर्नामा सहभागी एक युवक बताउँछन् ।

सो क्रममा प्रहरीले पत्रकारहरूमाथि समेत अभद्र व्यवहार गरेका छन् । धर्नामा बसेका युवाको फोटो खिच्न पुगेका पत्रकाहरूलाई समेत फोटो नखिच्न भन्दै नमानेमा नियन्त्रणमा लिने धम्की प्रहरीलेबाट आएको पत्रकारहरू बताउँछन् ।

भाषा परीक्षा पास गरेको १८ महिना बितिसक्दा पनि कोरिया जान नपाएपछि सरकारलाई दबाब दिन तीन दिनदेखि धर्नामा बसेको धर्नमा सहभागी एक युवक निराजन सिंहले अनलाइनखबरलाई जानकारी दिए ।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024