इन्डोनेसियन प्रेमिकाको हत्या गरी मलेसियामा एक नेपाली फरार

18 March, 2018

सुनाखरी मगर

मलेसियामा एक नेपालीले इन्डोनेसियन महिलाको हत्या गरी फरार भएका छन् ।

मलेसियाको पेनाङ राज्यका सहायक प्रहरी प्रमुख अनवर उमरका अनुसार २७ वर्षिय सदिप गुरुङ इन्डोनेसियन महिलाको हत्या गरी शव दराजमा लुकाएर भागेका हुन् । सदिपको नेपालको ठेगाना भने नखुलेका उमरले बताउनुभएको छ । 

 

पेनाङमा काम गर्ने सदिप र ती महिलाबीच प्रेम सम्बन्ध भएको प्रहरीले जनाएको छ । तर हत्याको कारण भने खुलेको छैन । हत्या हुनुभन्दा दुई दिन अघिदेखि नै सदिप बिदा लिएर बसेका थिए । फरार रहेका उनको खोजी भइरहेको छ ।

 

Published: 18 March 2018 | Ujyaaloonline

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024