आतिथ्य सेवा क्षेत्रका सबै मजदुरलाई अनिवार्य न्यूनतम पारिश्रमिक

10 June, 2018

अच्युत पुरी

होटेल तथा रेस्टुराँसहित आतिथ्य सेवाका सबै मजदुरले अब सरकारद्वारा तोकेको न्यूनतम पारिश्रमिक अनिवार्य पाउनेछन् । होटेल सञ्चालकहरूको छाता संगठन होटेल संघ नेपाल र मजदुर संगठनहरूबीच हालै भएको एक सम्झौताअनुसार न्यूनतम पारिश्रमिक नपाएका श्रमिकहरूलाई सरकारले निर्धारण गरेअनुसारको पारिश्रमिक अनिवार्य उपलब्ध गराउने सम्झौता भएको हो ।

सरकारले मजदुरहरूको न्यूनतम पारिश्रमिक ९ हजार ७ सय रुपैयाँ तोकेको छ । श्रम ऐन, २०७४ बमोजिम नेपाल सरकारले हरेक दुई–दुई वर्षमा परिमार्जित पारिश्रमिक निर्धारण गर्ने प्रावधान छ ।

 

सम्झौताअनुसार देशभर रहेका सबै खाले आतिथ्य सेवामा कार्यरत मजदुरले ग्राहकबाट उठाइएको १० प्रतिशत सेवा शुल्कलाई शतप्रतिशत मानी त्यसको ७२ प्रतिशत हिस्सासमेत प्राप्त गर्नेछन् । बदलामा अब सामूहिक सौदाबाजीका दौरान मजदुरले प्रतिष्ठानसमक्ष अतिरिक्त आर्थिक भार पर्ने गरी माग नराख्ने भएको छ ।

 

सेवा शुल्क कसलाई कति ?

 

७२ प्रतिशत : श्रमिक (समान रूपमा वितरण)

२३ प्रतिशत : सञ्चालक

२ प्रतिशत : हान र रेवान

३ प्रतिशत : मजदुर संगठन

 

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2026