आइसल्यान्ड पठाउने भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

23 January, 2026

आइसल्यान्डमा कुकको काममा पठाउने भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा रामेछापको खाँडादेवी गाउँपालिका–१ घर भएका ३१ वर्षीय रोजबहादुर श्रेष्ठ छन् । उनलाई कागेश्वरी मनोहराबाट काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।

उनले एक जनालाई कुकको काममा आइसल्यान्ड पठाउने भन्दै १२ लाख ४० हजार ठगी गरेको आरोप छ । पक्राउ परेका उनलाई वैदेशिक रोजगार विभाग ताहचल पठाइएको छ ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024