अस्ट्रेलियामा नेपाली युवालाई आठ महिना जेल सजाय

23 Jan, 2019

८२ वर्षिय वृद्धमाथि हातपात गरेको अभियोग

हेमन्त काफ्ले  

कार्यस्थलमा एक वृद्धमाथि कुटपिट गरेको अभियोगमा अष्ट्रेलियामा कार्यरत एक नेपाली युवालाई यहाँको अदालतले ८ महिना जेल सजाय सुनाएको छ।

एजकेयरमा एआइएनका रूपमा कार्यरत नेपाली युवा प्रकाश पौडेललाई कार्यस्थलमा वृद्धमाथि कुटपिट गरेको आरोपमा बुधबार सिड्नीको म्यानलीस्थीत अदालतले दोषि ठहर गर्दै आठ महिनाको जेल सजाँय सुनाएको हो।

यद्यपी पौडेलले चार महिनापछि बेलका लागि आवेदन दिन सक्नेछन्। एबीसी न्युज च्यानलका अनुसार गत सेप्टेम्बरमा बुपा अन्तर्गत उत्तरी सिड्नी क्षेत्रको नर्सिङ होमस्‌मा कार्यरत ३६ वर्षिय पौडेलले ८२ वर्षिय वृद्धमाथि हातपात गरेका भिडियो सार्वजनिक भएको थियो।

नसिंङ होम्समा डिमेन्सीया रोगीका रूपमा रहेको वृद्धलाई उपचारका क्रममा केयरटेकर पौडेलले हातपात गरेको भिडियो बिरामीको परिवारले सार्वजनिक गरेको थियो।

बिरामी डेविड नाबुसीकी छोरीले कोठामा लुकाएर क्यामरा राखेपछि प्रकाशले वृद्धमाथि हातपात गरेको भिडियो सार्वजनिक भएको थियो।

पौडेलले गत महिनानै कानुनी कारबाहीका क्रममा गल्ती भएको र क्षमा दिन आग्रह गरे पनि परिवारले यो असह्य गल्ती भएको भन्दै अदालतमा मुद्दा दायर गरेका थिए।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024