अमेरिका र क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

30 January, 2025

वैदेशिक रोजगारीमा अमेरिका र क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ । कञ्चनपुर शुक्लाफाँटा नगरपालिका-१ घर भई काठमाडौँ टोखा नगरपालिका-६ बस्ने २५ वर्षीय भुवन कार्की र काठमाडौँ कागेश्वरी मनोहरा नगरपालिका-३ बस्ने ४२ वर्षीय नितेश पोखरेललाई  प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका मध्ये कार्कीले अमेरिका पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट १ करोड रुपैयाँ र पोखरेलले क्यानडा पठाइदिन्छु भन्दै ४ जना पीडितहरूबाट १२ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएको आरोप छ । पीडितहरूको उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई काठमाडौँबाट नै पक्राउ गरेको थियो ।

आवश्यक थप अनुसन्धान तथा कारबाहीको लागि कार्कीलाई जिल्ला प्रहरी परिसर काठमाडौँ र पोखरेललाई वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको छ ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024