काठमाडौँ — अमेरिकी दूतावासमा काम गर्ने कर्मचारीको परिचयपत्र देखाएर अमेरिका पठाउने लोभ देखाई ठगी गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगरपालिका–९ घरभई काठमाडौंको थलिमा बस्दै आएका ४१ वर्षीय केदार खड्कालाई महानगरीय अपराध महाशाखा टेकुले पक्राउ गरेको हो ।
खड्काले दिपक कार्की र विकास खड्काको नाममा अमेरिकीदूतावासको कर्मचारीको नक्कली परिचय पत्र बनाई विभिन्न व्यक्तिलाई ठगी गरेको पाइएकाे छ। प्रहरीले पिडितले दिएको उजुरीका आधारमा पक्राउ गरेको हो।
खड्काले १० जनाभन्दा बढी व्यक्तिबाट अमेरिका पठाउने भन्दै ३० हजार रुपैयाँदेखि ४ लाख रुपैयाँसम्म ठगेकाे पाइएको छ। पिडितहरुले विभिन्न प्रलोभन देखाएर आफूहरुबाट पटकपटक पैसा लिएको बताएका छन्।प्रहरीले खडकालाई पक्राउ गरी अनुसन्धान गरिरहेको बताएको छ।