अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने दुईजना पक्राउ

17 February, 2025

वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दुईजनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा सिराहाको सिराहा नगरपालिका– ८ घर भई काठमाडौं महानगरपालिका– ३२ बस्ने ३३ वर्षीय रमेशकुमार ठाकुर र धनुषा विदेह नगरपालिका– ५ घर भई ललितपुर महालक्ष्मी नगरपालिका– ५ बस्ने २९ वर्षीय विशाल ठाकुर रहेका छन्।

अमेरिका पठाइदिन्छु भन्दै दुईजनाबाट २१ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो। रमेश काठमाडौं तिनकुनेबाट र विशाल कोटेश्वरबाट पक्राउ परेका हुन्।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024