अमेरिकाले गर्‍यो १९ जना नेपालीलाई डिपोर्ट

5 September, 2025

अमेरिकाले १९ जना नेपालीलाई डिपोर्ट गरिदिएको छ।

डिपोर्ट भएका १९ जनालाई बिहीबार बेलुकी ७ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ल्याएर छोडेको छ।

त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका प्रवक्ता अन्जन न्यौपानेका अनुसार अमेरिकी चार्टर्ड फ्लाइटबाट डिपोर्ट भएकाहरूलाई काठमाडौं ल्याएको थियो।

डिपोर्ट हुनेहरू २ जना महिला र १७ जना पुरूष छन्।

अमेरिकी अध्यागमनसम्बन्धी कानुनको उल्लंघन गरेको भनेर उनीहरूलाई डिपोर्ट गरेको जानकारी भन्ने बुझिएको प्रवक्ता न्यौपानेले बताए।

डिपोर्ट हुनेहरूलाई बिहीबार बेलुकी नै प्रहरीसँगको समन्वयमा छाडिएको थियो।

डिपोर्ट भएकाहरूसँग नेपाल प्रहरीको मानव वेचबिखन अनुसन्धान ब्युरोले सोधपुछ गर्छ। उनीहरू दलालबाट ठगिएको हुनसक्ने भएकाले प्रहरीले त्यसबारे सोधपुछ गरेर मात्रै छाड्छ।

कसैले त्यस्ता दलालबारे उजुरी दिए प्रहरीले अनुसन्धान गर्छ।

अमेरिकाले यसअघि गत जेठमा ३७ जना नेपालीलाई डिपोर्ट गरेको थियो।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024