अमेरिकाबाट निकालिए दुई नेपाली

20 November, 2024

अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा अमेरिकी सरकारले दुई नेपालीलाई निष्काशन गरेको छ। स्रोतका अनुसार विनोद कार्की र उमा थापा कार्कीलाई अमेरिकी सरकारले निष्काशन गरेको हो।

भिसाको म्याद सकिएपछि पनि अमेरिकामै बसिरहेका विनोदलाई अमेरिकाले एयर इन्डियाको विमानबाट काठमाडौं फर्काएको हो। उमालाई भने क्याथे प्यासेफिकको विमानबाट फर्काइएको थियो। ‘विनोद कार्कीले ‘ओभर स्टे’ गरेका कारण निष्काशन गरेको खुलाइए पनि उमा थापा कार्कीको हकमा भने कारण खुलाइएको छैन। त्यहाँको कुनै कानुन उल्लंघन गरेको हुनसक्छ,’ स्रोतले अन्नपूर्णसँग भन्यो।

जो बाइडेन नेतृत्वको सरकारले पनि अमेरिकाको आप्रवासीहरूमाथि विशेष निगरानी गर्दै आएको थियो। पछिल्लो निर्वाचनमा अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्प विजय भएसँगै त्यहाँका आप्रवासीहरू झनै त्रसित छन्। सामूहिक डीपोर्टेशन गर्ने ट्रम्पको घोषणापछि आप्रवासीहरू त्रसित भएका हुन्। तिहारअघि पनि अध्यागमन कानुन उल्लघंन गर्ने केही नेपालीलाई अमेरिकाले निष्काशन गरेको थियो।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024