अब सबैमा ‘एम्बेसी अफ नेपाल’

30 August, 2016

परराष्ट्रमन्त्री प्रकाशशरण महतले परराष्ट्र मन्त्रालयले नै पत्राचारमा एकरूपता ल्याउन सबै दूतावासलाई ‘एम्बेसी अफ नेपाल’ लेख्न निर्देशन दिएका छन् ।

 

सरकारको औपचारिक पत्रमै कतै ‘नेप्लिज एम्बेसी’, कतै ‘एम्बेसी अफ नेपाल’, ‘नेपाली एम्बेसी’, ‘एम्बेसी, नेपाल’ लेखिँदै आएकोमा त्यसमा एकरूपता ल्याउन खोजिएको मन्त्री महतले बताए । ‘सुधार यस्तै साना साना स्थानबाट थाल्ने हो । सुधारको केही आभास दिएर जाने सोचमा छु,’ उनले भने, ‘सामान्य कुरामा पनि ध्यान नदिने हो भने गम्भीर विषय कसरी सम्बोधन हुन्छ ?’  

 

उनले यो विषय मन्त्रिपरिषदबाट पारित गरेर अन्य मुलुकले झैं सबै दूतावासलाई ‘एम्बेसी अफ नेपाल’ र छोटकरीमा ‘नेपाली एम्बेसी’ लेख्ने निर्णय गराउने बताए । महावाणिज्य दूतावासलाई पनि कन्सुलेट जनरल अफ नेपाल र छोटकरीमा नेपाली कन्सुलेट जनरल लेख्न निर्देशन दिएको उनले बताए । उनको निर्देशनलगत्तै मन्त्रालयले सबै दूतावासमा पत्राचार गरिसकेको छ ।

 

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2026