अब श्रम सम्झौता गर्न कामदार आफैं ईपीएस कार्यालय जानुपर्ने

8 April, 2025

काठमाडौं : रोजगार अनुमति प्रणालीमार्फत कोरिया जानका लागि रोस्टरमा रहेका श्रमिकहरू रोजगारदाताले छनोट गरेपछि श्रम सम्झौता गर्न ईपीएस कोरिया कार्यालय जानुपर्ने भएको छ।

अब इस्यु हुने व्यक्तिले श्रम सम्झौतामा हस्ताक्षर गर्न आफै जानुपर्ने भएको हो। यसअघि कार्यालयले कामदारको तर्फबाट हस्ताक्षर गर्ने गरेको थियो। वैदेशिक रोजगार विभागले छनोट भएका व्यक्ति नै आएर सम्झौता गरेर प्रमाणित गरेर पठाउने निर्णय गरेको ईपीएस कोरियन शाखाले जनाएको छ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024