अब विदेश जाने व्यक्तिको कोरोना परीक्षण यी तीन अस्पतालबाट हुने

14 June, 2020

सरकारले विदेश जाने व्यक्तिहरूको कोरोनाभाइरस परीक्षण गर्न राजधानीका तीन वटा अस्पताललाई तोकेको छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विदेश जानुपर्ने वा निरोगिताको प्रमाणपत्र चाहिए वीर अस्पताल, शिक्षण अस्पताल र पाटन अस्पतालमा नमूना संकलन गर्न सुझाएका छन्।

यी तीन वटै अस्पतालमा पिसिआर विधिबाट कोरोनाभाइरसको परीक्षण हुँदै आएको छ। यसअघि जुनसुकै प्रयोगशालामा परीक्षण गर्न मिल्ने सुविधा थियो।

राजधानीका यीबाहेक टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पनि पिसिआर परीक्षण हुन्छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा दैनिक एक हजार बढी नमूनाको परीक्षण हुँदै आएको छ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2026