अफ्रिकी देशमा हुने मानव तस्करी रोक्न एनआरएनले पहल गर्ने

12 October, 2020

एनआरएनएको चौथो अफ्रिका क्षेत्रीय सम्मेलन जाम्बियाको लुसाकामा हुने भएको छ। अफ्रिका स्थित एनआरएनए राष्ट्रिय समन्वय समितिका अध्यक्ष र पदाधिकारीहरुको जूम बैठकले डिसेम्बर २०२० को सट्टा आगामी अप्रिल २ र ३ तारिख , २०२१ मा जाम्बियाको राजधानी लुसाकामा आयोजना गर्ने निर्णय गरेको हो।

बैठक आयोजना गर्न अफ्रिका क्षेत्रीय संयोजक रोशन थापाको संयोजकत्वमा एक आयोजक समिति गठन गर्ने समेत निर्णय गरेको छ। बैठकमा अफ्रिकामा नेपालीका समस्या, अफ्रिकाबाट नेपालमा रेमिटान्स र लगानी , अफ्रिकाको स्वास्थ्य समस्या , नेपाली साहित्य र संस्कृति , अफ्रिकामा नेपाली महिलाको समस्या र मानव तस्करी लगायतका विषय माथी विभिन्न सेसनहरु आयोजना हुनेछन्। त्यसै गरि अफ्रिका स्वास्थ्य संयोजक डा सरिता पान्डेको प्रस्ताव अनुसार अन्तर्राष्ट्रिय स्वास्थ्य समितिको सहयोगमा अफ्रिकामा नेपालीहरुको स्वास्थ्य स्थितिबारे कार्यक्रम गरिने भएको छ।

बैठकले अफ्रिकाको मरिशस र आइभोरी कोस्टमा बढदो नेपालीको संख्या र समस्यालाई ध्यान राख्दै एनआरएनए एनसीसी गठन गर्न पहल गर्ने निर्णय गरेको छ।

साथै अफ्रिकामा अझै पनि मानव तस्करी बढदै गइरहेको र तस्करीबाट पीडित नेपालीहरुको समस्या बढदै गइरहेकोले त्यसको निराकरणका लागि नेपाली दूतावास र नेपाल सरकारसँग समन्वय गरि प्राथमिकताका साथ आवस्यक काम गर्ने निर्णय गरेको छ।

एनआरएनए अफ्रिकाका क्षेत्रीय संयोजक रोशन थापाको अध्यक्षतामा सम्पन्न बैठकमा घाना , युगान्डा , तान्जानिया , केन्या , सेसेल्स , कङ्गो , जाम्बिया र दक्षिण अफ्रिकाका अध्यक्षहरुका साथै एनआरएनएका पूर्व कोषाध्यक्ष हिक्मत थापा , अफ्रिका हेल्थ संयोजक डा . सरिता पान्डे लगायत एनआरएनएका पदाधिकारी हरुको समेत उपस्थिति रहेको थियो।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024