अफगानिस्तानको काबुलबाट थप ४३७ नेपालीको उद्धार

18 August, 2021

नागरिक संवाददाता 

अफगानिस्तानको काबुलमा कार्यरत ४ सय ३७ नेपालीलाई ब्रिटिस सेनाले बेलायती कम्पनीमार्फत उद्धार गरी बेलायत लगेको छ। अफगानिस्तान छोड्न चाहने अफगान शरणार्थीसँगै उनिहरूलाई सेनाको विशेष विमानमार्फत काबुलबाट बेलाइत लगिएको हो। 

उनिहरुमध्ये आज बिहान सवा नौ बजे कतार एयरवेजको जहाजबाट ६१ जना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए।

यसअघि मंगलबार अमेरिकी दूतावासमा परिसरमा कार्यरत ३८५ नेपालीलाई उद्धार गरी दोहा र कुवेत लगिएको थियो। तीमध्ये ११८ जना नेपाल आइसकेका छन्। मंगलबार राति ८४ जना नेपाली जजिरा एयरलाइन्सको चार्टर्ड विमानबाट कुवेत हुँदै काठमाडौं आएका थिए।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024