‘अजरबैजान पठाइदिन्छु’ भन्दै ४ लाख ठगेको आरोपमा एक जना पक्राउ

6 October, 2023

‘अजरबैजान पठाइदिन्छु’ भन्दै चार लाख १३ हजार रूपैयाँ ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन्।

रोल्पा घर भई हाल काठमाडौं महानगरपालिका-२६ बस्ने ३१ वर्षीय रवि घर्तीमगर पक्राउ परेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिए।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बुधबार दिउँसो पक्राउ गरेको हो।

वैदेशिक रोजगार विभागमा उनीविरूद्ध सोमराज चौधरीले उजुरी दिएका थिए।

सोही उजुरीको आधारमा विभागले उनलाई पक्राउ गर्न पत्राचार गरेको थियो।

उनलाई पक्राउ गरी थप अनुसन्धानको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको एसपी रेग्मीले बताए।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024