अमेरिकामा एक नेपाली महिलामाथि गोली प्रहार

25 July, 2018

भर्जिनियाको हेरन्डन सहरमा रेशम बजगाईंमाथि गोली प्रहार भएको एक महिना नबित्दै अमेरिकाको ओक्लाहामा राज्यको अटोका सहरमा एक नेपाली महिलामाथि गोली प्रहार भएको छ। ग्यास स्टेसनमा काम गरिरहेका बेला सोमबार दिउँसो सवा १२ बजे रचना श्रेष्ठमाथि गोली प्रहार भएको हो।

 

निहुरिएर काम गरिरहेका बेला पछाडि अन्धाधुन्ध गोली प्रहार भएको बताइएको छ। बेहाेस भएपछि हेलिकप्टरमार्फत श्रेष्ठलाई टल्सा सहरको अस्पताल पुर्याइएको थियो। घाइते श्रेष्ठका श्रीमानका अनुसार शरीरबाट केही गोली निकालिसकिएको र केही अझै निकाल्न बाँकी छन्। यद्यपी उनी होसमा आइसकेकी छन्।

 

गोली चलाएको थाहा पाएपछि अर्का ग्राहकले प्रहरीलाई खबर गरेका थिए। फरार अभियुक्तलाई प्रहरीले केही समयभित्रै पक्राउ गर्न सफल भएको थियो। रचना श्रीमान र छाेराको साथमा बस्दै आएकी थिइन्।

 

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2026