मलेसियामा एक नेपालीको मृत्यु

11 December, 2017

मलेसियामा एक नेपालीको मृत्यु भएको छ । रोजगारीका सिलसिलामा ७ वर्षअघि मलेसिया पुगेका खोटाङको खोटेहाङ गाउँपालिका–७ खोटाङबजारका राजेन्द्र प्रधानको मृत्यु भएको हो। बस्दै आएको कोठा नजिक अर्धचेत अवस्थामा फेला परेका प्रधानको उपचारकोक्रममा कजाङ अस्पतालमा मृत्यु भएको सँगै काम गर्दैआएका बिकास प्रधानले जानकारी दिए । 

 

मलेसियाको कजाङमा सेक्यूरिटीगार्डकारुपमा कार्यरत प्रधानको शव नेपाल ल्याएर पशुपति आर्यघाटमा दाहसंस्कार गर्ने तयारी भइरहेको आफन्तले बताएका छन् । अस्पतालले उच्चरक्तचापका कारण मृत्यु भएको बताए पनि प्रधानको मृत्युलाई शंकास्पद मानिएको छ ।

 

प्रधानको हत्याको प्रयास भएको आफन्तको आशंका छ । मृतक प्रधानका श्रीमती, दुई छोरी र एक छोरा छन् । अभिभावकको मृत्यु भएपछि प्रधान परिवारको विचल्नी भएको छ । 

 

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2026