कोरियामा फेरी एक नेपालीद्वारा झुण्डिएर आत्महत्या

26 September, 2017

दक्षिण कोरियाको ख्याङ्गी दो, ह्वासङसी छोआमस्थित एक मोटरपार्टस् बनाउने कम्पनीमा कार्यरत नेपाली कामदार कमल कार्कीले  सोमबार झुण्डिको अवस्थामा मृत फेला परेको छ । गुल्मी स्थायी घर भएर बुटवल बस्दै आएका कार्की इपिएसमार्फत कोरिया आएको चार महिना मात्रै भएको थियो ।

 

कार्की कार्यरत कम्पनीको नजिकै रहेको गोदाममा विहान झुण्डिएको अवस्थामा भेटिएको सोही कम्पनीमा कार्यरत नेपालीहरुले बताए । ११ जना नेपाली कार्यरत सो कम्पनीका विदेशी कामदारहरु एक सय ५० मिटर जति टाढा रहेको होस्टेलमा बस्दै आएका थिए । बेलुकाको खानासंगै  खाएर सुतेका कार्की राती २ बजेतिर निस्केको रुम पार्टनरले बताए ।

 

अर्को कम्पनीमा काम गारो भई छाडेर उक्त कम्पनीमा आएको एक महिना जति भएको साथीहरुले बताएका छन् । कार्की काम सकिनसाथ मोबइलमा व्यस्त हुने भएकाले कम्पनीको कारण भन्दा पनि घरायसी कारण झुण्डिएर आत्महत्या गरेको हुन सक्ने अनुमान साथीहरुले गरेका छन् ।

 

कार्कीको निधन बारे सउलस्थित नेपाली राजदूताबासमा स्थानीय प्रहरीबाट औपचारिक जानकारी आइसकेको दूताबासले जनाएको छ ।

 

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2026