३० नेपालीलाई कैदमाफी

9 January, 2015

कतार सरकारले राष्ट्रिय दिवसको अवसर पारेर जेलमा रहेकामध्ये ३० नेपालीलाई आममाफी दिएको छ । नेपाली दूतावासका अनुसार आममाफी पाएकाहरू सन् २००४ देखि सजाय भोगिरहेका नेपाली हुन् ।चोरी, भिसा तस्करी, हत्या, लागूऔषध, मादक पदार्थ सेवन गरी गाडी चलाएको देखि दुव्र्यवहार गरेका मुद्दामा सजाय पाइरहेका नेपाली कैदीले आममाफी पाएको दूतावासले जनाएको छ ।

आममाफी पाएकामा राजन परियार, चन्दनप्रसाद साह, रमेश महतो, दुखिया रायन, मुक्तियार मुसलमान, भूपबहादुर, चोकलाल भट्टराई, चन्द्रशेखर यादव, टीका गोपाली, सुदर्शन मगर, विष्णु दराई छन् । खड्गबहादुर मगर, बर्दनबुढा मगर, गणेशबहादुर कनाउङगे, उत्तिमलाल मुखिया, सुरज रोका, प्रकाश थापा, पर्शुराम बीके, सूर्यबहादुर, सोम बीके, तनुकलाल यादव, श्रीबहादुर अधिकारी, अमरबहादुर थारू, लक्ष्मण गौतम, विमल श्रेष्ठ, लाल श्रेष्ठ, धनबहादुर रोका, इन्द्रबहादुर र शंकर बीकेले पनि माफी पाएका छन् ।  अनियन्त्रित भई गाडी चलाएको भन्दै अदालतले खडकबहादुर मगरलाई २० हजार रियाल जरिवानासहित एक वर्षको सजाय सुनाएको थियो । चन्द्रशेखरपछि सबैभन्दा लामो समय जेल बस्ने बर्दन बुढामगर हुन् । उनी लागूऔषध ओसरपसारको मुद्दामा सन् २००४ अक्टुबर २ बाट जेल बस्दै आएका थिए । उनलाई १० वर्षको सजाय र दुई लाख रियालको जरिवाना तोकेको थियो । उनको जरिवाना मिनाहा गरिदिएको छ ।  गैरकानुनी भिसा तस्करी गरेको मुद्दामा राजन परियारले ६ महिनाको जेल सजाय भोग्नुपरेको थियो । रक्सी खाएर गाडी चलाएको मुद्दामा दुखिया रायनलाई २० हजार रियालको जरिवाना तोकेको थियो । मदिरा सेवन र बिक्री गरेको मुद्दामा तनुकलाल यादवलाई एक वर्षको सजाय तोकेको थियो ।

दूतावासका अनुसार चोरी मुद्दामा सजाय पाएकाले आममाफी पाए पनि यात्रामा रोक भने खुलेको छैन । ‘केही व्यक्तिको यात्रामा लगाएको रोक हटिसकेको छैन,’ कार्यवाहक राजदूत गणेश ढकालले भने, ‘बाँकी स्वदेश फिर्ने प्रक्रियामा छन् ।’

 

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024