मानव बेचबिखन गर्नेलाई थुना

25 September, 2014

मानव बेचबिखन आरोपमा पक्राउ परेका सद्भावना पार्टी (आनन्ददेवी) का जिल्ला अध्यक्ष सोहराभ पठानसहित तीन जनालाई जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ। जिल्ला अदालत बर्दियाका न्यायाधीश वसन्तराज पौडेलको इजलासले पठानसहित नवलपरासी मकर ६ का राजु भन्ने क्षेत्रबहादुर बुढाक्षेत्री र बर्दिया सूर्यपटुवाका खड्गबहादुर मल्ललाई थुना पठाउने आदेश दिएको शाखा अधिकृत धनसिंह गिरीले बताए। तीन साताअघि एसएसबी पोस्ट लौकाही, बहराइचले ७ नेपाली महिलालाई उद्धार गरेको थियो। भारत हुँदै तेस्रो मुलुकमा अवैध रूपमा रोजगारीका लागि मुम्बई जान लागेका उनीहरूलाई उद्धार गरी एसएसबीले नेपाल प्रहरीको जिम्मा लगाएको थियो। राहदानी नलिई तेस्रो मुलुक जाँदै गरेकामा एक जना रूपन्देही र ५ जना नवलपरासीका महिला थिए।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024