आन्दोलित नेपाली काममा र्फकने

29 August, 2014

मलेसियाको जोहोर बारुस्थित जेसीवाई कम्पनीमा आन्दोलित नेपाली कामदार शुक्रबारदेखि काममा र्फकने भएका छन्। घटनाबारे बुझेर क्वालालम्पुर फर्किएका दूतावासका काउन्सिलर हेमलाल भट्टराईका अनुसार बुधबार कम्पनीले कामदारका माग पूरा गर्न सहमत जनाएकाले तीन दिनयता ठप्प कम्पनी शुक्रबारदेखि सुचारु हुने भएको हो।  ‘कामदारका माग कम्पनीले पूरा गर्ने भएको छ,’ उनले भने। करार अवधिभित्र मृत्यु भएमा बाँकी करार समयावधिको पनि तलब र राहत दिनुपर्ने, सम्झौतापत्र अनुसार ओभरटाइम दिनुपर्ने, बिरामी बिदा दिनुपर्ने, विद्युत् र पानीको रकम असुली गर्न नपाइने र होस्टल व्यवस्थित हुनुपर्ने लगायतका माग कामदारले राखेका थिए। घटनामा तोडफोड र आगजनीमा संलग्न भएको आरोपमा प्रहरीले ४० नेपाली र २ बंगलादेशीलाई पक्राउ गरेको छ।  कम्पनीले बेवास्ता गर्दा उपचार अभावमा गत शुक्रबार ताप्लेजुङका ३१ वषर्ीय हर्कबहादुर निरौलाको मृत्यु भएको भन्दै विभिन्न मागसहित कम्पनीको कुलाइजयास्थित शाखामा कार्यरत कामदार आन्दोलित थिए। घटनाले उग्ररूप लिएपछि मंगलबार बिहानैदेखि जेसीआई कम्पनी परिसरमा बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको थियो। कम्पनीमा सयौं नेपालीसहित आप्रवासी कामदार छन्। उक्त कम्पनीमा गत सन् २०१० मा पनि एक नेपाली कामदारको मृत्यु भएकै कारण कामदार आन्दोलित भएका थिए। 

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024