कोरिया पठाउने भन्दै छोरालाई अलपत्र पारेको टिकटकबाट सार्वजनिक, समातिए आरोपी

8 October, 2026

कोरिया पठाउने भन्दै २ वर्षदेखि अलपत्र पारेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा नुवाकोटको बेलकोटगढी नगरपालिका–११ का २८ वर्षीय गणेश पाण्डे छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।

एक महिलाले कोरिया पठाउने भन्दै २ वर्षदेखि आफ्नो छोरालाई अलपत्र पारको भन्दै टिकटकमार्फत प्रधानमन्त्री र गृहमन्त्रीसमक्ष कारबाहीको माग गर्दै भिडियो सार्वजनिक गरेकी थिइन् ।

त्यसपछि अनुसन्धानमा खटिएको प्रहरीले न्यू सफल ग्लोबल कन्सल्टेन्सीका सञ्चालक पाण्डेलाई पक्राउ गरेको हो । उनीमाथि ठगीको कसुरमा अनुसन्धान अघि बढाइएको छ ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2026