साउदी अरबमा नयाँ नियम: भिसा प्रक्रियाकै समयमा परिवार लैजान अनुमति

8 October, 2026

साउदी अरबले दक्ष विदेशी कामदारहरूलाई उनीहरूको कार्य भिसा (Work Visa) को प्रक्रिया चलिरहेकै समयमा परिवारका योग्य सदस्यहरूलाई साउदी भित्र्याउन अनुमति दिने नयाँ नियम लागू गरेको छ। गृह मन्त्रालयले मंगबार एक घोषणा जारी गर्दै यसबारे जानकारी गराएको हो।

वैदेशिक मामिला मन्त्रालय तथा मानव संसाधन र सामाजिक विकास मन्त्रालयको समन्वयमा लिइएको यो निर्णयको मुख्य उद्देश्य साउदीमा कार्यरत विदेशी बासिन्दाहरूको जीवनस्तरमा सुधार ल्याउनु रहेको छ।

नयाँ व्यवस्थाअनुसार, योग्य मुख्य कामदार (घरमुली) ले आफ्ना पति/पत्नी, २५ वर्षमुनिका छोराहरू र अविवाहित छोरीहरूलाई साउदी ल्याउन सक्नेछन्।

सबै आवश्यक कानुनी कागजात र प्रमाणहरू पूरा भएको खण्डमा, मुख्य कामदारको रोजगार भिसा प्रक्रियासँगै परिवारका सदस्यहरूको प्रवेश भिसा पनि एकैसाथ जारी गरिनेछ।

मन्त्रालयका अनुसार परिवारका सदस्यहरू साउदी अरब पुगिसकेपछि त्यहाँको प्रचलित कानुन र नियमअनुसार उनीहरूको बसोबास अनुमति पत्र (इकामा) को बाँकी प्रक्रिया पूरा गर्न सकिनेछ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2026