नौ महिनादेखि रोकिएको मजदुरको तलब उपलब्ध गराउन सांसद पन्तको माग

1 October, 2026

Kranti Shah

पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य हरि पन्तले वीरगन्ज–३२ मा अवस्थित हिमाल आइरन एण्ड स्पिटल उद्योगका मजदुरहरुले ९ महिनादेखि तलबभत्ता नपाएको बारेमा सरकारको ध्यानाकर्षण गराएका छन्।

बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै रास्वपा सांसद पन्तले आफ्नो निर्वाचन क्षेत्रमा पर्ने उक्त उद्योगले ९ महिनादेखि तलबभत्ता नदिएकोले त्यहाँ कार्यरत १५० बढी मजदुरहरु समस्यामा परेको बताए। अहिले दशैं तिहार लगायतका मुख्य चाडपर्व नजिकिदैं गरेका बेला महिनौदेखि तलबभत्ताबाट बञ्चित मजदुर र तीनका आश्रीत परिवार पीडामा परेको पन्तले बताए। ती मजदुहरुले उद्योगबाट पाउनु पर्ने तलब यथाशीघ्र उपलब्ध गराई दिनका लागि सरकारले पहल गर्नुपर्नेमा उनले जोड दिए।

कुनै समय हजारौं श्रमिकलाई रोजगारी दिने गरेको ज्योति समूहको हिमाल आइरन अहिले भने १५० जना श्रमिकलाई समेत ज्याला दिन नसक्ने दयनीय अवस्थामा पुगेको पनि उनले बताए। नीजि क्षेत्रप्रति सरकारको गलत नीति र बैंकिङ लगानी नीतिकै कारण कैयन उद्योगहरु आर्थिक संकटमा परेर धराशायी बन्दै गएको उनको भनाई थियो।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2026