साउनमा दुई खर्ब १५ अर्ब रेमिट्यान्स भित्रियो

22 September, 2026

चालू आर्थिक वर्षको पहिलो महिना साउनमा नेपालमा दुई खर्ब १५ अर्ब पाँच करोड रुपैयाँबराबरको रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार यो रकम गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २१.२ प्रतिशतले बढी हो ।

गत आर्थिक वर्षको साउनमा एक खर्ब ७७ अर्ब ४१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो । त्यस्तै, गत आर्थिक वर्षभरि नेपालमा कुल २३ खर्ब ६३ अर्ब रुपैयाँबराबरको रेमिट्यान्स भित्रिएको राष्ट्र बैंकले जनाएको छ ।

अमेरिकी डलरमा भने साउनमा रेमिट्यान्स आप्रवाह १०.२ प्रतिशतले बढेर एक अर्ब ४० करोड डलर पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह २५ प्रतिशतले बढेको थियो ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024