भदौमा ६० हजार नेपालीले लिए श्रम स्वीकृति 

22 September, 2026

चालू आर्थिक वर्ष ०८३/८४ को भदौ महिनामा ६० हजार ४२ जनाले ९८ देशमा रोजगारीमा जान श्रम स्वीकृति लिएका छन् । यसअघि साउनमा ७० हजार चार सय ४१ जनाले एक सय १४ देशमा रोजगारीमा जान श्रम स्वीकृति लिएको वैदेशिक रोजगार विभागको तथ्यांक छ ।

विभागका अनुसार चालू आवको पहिलो दुई महिनामा एक लाख ३० हजार नेपाली श्रमका लागि बिदेसिएका छन् । विभागले मध्यपूर्व, युरोप, अफ्रिकालगायतका एक सयभन्दा बढी देशमा श्रमका लागि जान एक लाख १२ हजार तीन सय १५ जना पुरुष र १८ हजार एक सय ६८ जना महिलालाई श्रम स्वीकृत दिएको हो ।

भदौमा श्रम स्वीकृति लिनेमा ५१ हजार आठ सय ४३ जना पुरुष र आठ हजार एक सय ९९ जना महिला छन् । त्यस्तै, ३५ हजार ६ सय २७ ले पुनः श्रम स्वीकृति लिएका हुन् । साउनमा श्रम स्वीकृति लिनेमध्ये ६० हजार चार सय ७२ पुरुष र नौ हजार नौ सय ६९ महिला रहेका छन् । त्यस्तै, २७ हजार सात सय ४८ ले पुनः श्रम स्वीकृति लिएका थिए ।

भदौमा उच्च दक्षता भएका ८०, व्यावसायिक दुई सय ७१, अर्धदक्ष नौ हजार चार सय ६६ जना र दक्ष ३४ हजार एक सय ६७ र अदक्ष १६ हजार ५८ जना वैदेशिक रोजगारीमा गएका हुन् ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024