साउनमा मात्रै भित्रियो सवा २ खर्ब रुपैयाँ रेमिट्यान्स

21 September, 2026

चालु आर्थिक वर्षको साउनमा मात्रै २ खर्ब १५ अर्ब ५ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।

गत साउनको तुलनामा रेमिट्यान्स आप्रवाह २९.९ प्रतिशतले वृद्धि भएको हो ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मासिक प्रतिवेदनअनुसार साउनमा मात्रै सवा २ खर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको हो ।

गत आर्थिक वर्षको साउनमा १ खर्ब ७७ अर्ब ४१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो ।

साउनमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १०.२ प्रतिशतले वृद्धि भएको हो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १ अर्ब ४० करोड पुगेको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024